सचिन तिमल्सेनाको चुनावी खर्च १९ लाख ४६ हजार ५२१ रुपैयाँ

हिमाल प्रेस २९ फागुन २०८२ ७:१५ | Friday, March 13, 2026
4
SHARES
सचिन तिमल्सेनाको चुनावी खर्च १९ लाख ४६ हजार ५२१ रुपैयाँ

काठमाडौँ- प्रतिनिधिसभा ४ का कांग्रेस उम्मेदवार सचिन तिमल्सेनाले आफ्नो निर्वाचन खर्चको विवरण निर्वाचन आयोगमा बुझाएका छन्। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा आयोगले स्वीकृत गरेको निर्वाचन आचारसंहिता अनुसार तिमल्सेनाले कुल १९ लाख ४६ हजार ५२१ रुपैयाँ खर्च भएको विवरण पेस गरेका हुन्।

खर्च विवरणअनुसार सबभन्दा बढी रकम सम्पर्क कार्यालय व्यवस्थापन खर्च शीर्षकमा ४ लाख ५० हजार रुपैयाँ खर्च गरिएको छ। यस्तै सभा, सम्मेलन तथा कार्यक्रम सञ्चालनमा ३ लाख ८५ हजार २ सय १७, प्रचारप्रसार सामग्री तथा प्रेसमा ३ लाख ५२ हजार ३ सय ४ रुपैयाँ खर्च गरिएको उल्लेख छ।

त्यस्तै मानव स्रोत साधन व्यवस्थापनमा ३ लाख ५० हजार, सवारी साधन भाडा, इन्धन तथा चालकमा २ लाख ४ हजार, मनोनयन दर्तामा १० हजार र फोन रिचार्ज खर्चमा १५ हजार रुपैयाँ र खाद्यान्न खर्चमा १ लाख ८० हजार खर्च भएको विवरणमा उल्लेख गरिएको छ।

प्रकाशित: २९ फागुन २०८२ ७:१५ | Friday, March 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast