होर्मुज स्ट्रेटमाथि आक्रमण जारी रहन्छ : इरान

हिमाल प्रेस २८ फागुन २०८२ १९:५८ | Thursday, March 12, 2026
46
SHARES
होर्मुज स्ट्रेटमाथि आक्रमण जारी रहन्छ : इरान

काठमाडौँ- इरानका सर्वोच्च नेता मोजतबा खामेनीले इरानले होर्मुज स्ट्रेटलाई निशाना बनाउन जारी राख्नुपर्ने बताएका छन्। उनको यो भनाइ बिहीबार सरकारी टेलिभिजनमा पढेर सुनाइएको थियो।

इरानको नयाँ सर्वोच्च नेता बनेपछि उनको तर्फबाट यस्तो बयान आएको यो पहिलोपटक हो।

बीबीसीले जनाएअनुसार खामेनीले इरानले होर्मुज स्ट्रेट बन्द गर्ने विकल्पको प्रयोग जारी राख्नुपर्ने बताएका छन्।

उनले छिमेकी देशहरूसँग इरानको नीति ‘मित्रता’ रहेको उल्लेख गरे। यसका साथै उनले ती देशहरूलाई अमेरिकी सैन्य अपराधहरू बन्द गर्न सल्लाहसमेत दिए।

खामेनीले इरान आफ्ना मारिएको नागरिको ‘बदला’ लिन पछि नहट्ने चेतावनी दिएका छन्। उनले आफ्नो भनाइमा इरानको एउटा विद्यालयनजिकै भएको अमेरिकी आक्रमणमा १६८ जनाको मृत्युतर्फ पनि संकेत गरेका छन्।

११० जना बालिबालिकाको ज्यान जाने गरी भएको यो आक्रमणमा अमेरिकी मिसाइल प्रयोग भएको इरानको दाबी छ। अमेरिकाले भने यसको जिम्मेवारी अस्वीकार गर्दै घटनाको अनुसन्धान भइरहेको बताएको छ।

प्रकाशित: २८ फागुन २०८२ १९:५८ | Thursday, March 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast