बेकोले नेपालमा निःशुल्क एसी सर्भिस क्याम्प गर्ने

हिमाल प्रेस २८ फागुन २०८२ १६:२४ | Thursday, March 12, 2026
8
SHARES
बेकोले नेपालमा निःशुल्क एसी सर्भिस क्याम्प गर्ने

काठमाडौँ- अन्तर्राष्ट्रिय होम एप्लायन्स ब्रान्ड बेकोले नेपालमा ग्राहक केन्द्रित निःशुल्क एसी सर्भिस क्याम्प सञ्चालन गर्ने भएको छ। सीजी इलेक्ट्रोनिक्समार्फत सञ्चालन हुने यस अभियानले गर्मी मौसम सुरु हुनु अघि ग्राहकहरूको एयर कन्डिसनरलाई उत्कृष्ट अवस्थामा राख्ने तथा नयाँ प्रविधियुक्त एसीमा अपग्रेड गर्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ।

यस सेवा अभियानअन्तर्गत ग्राहकहरूले आफ्नो एसीको नि:शुल्क जाँच तथा सर्भिस सुविधा प्राप्त गर्न सक्नेछन्, जुन अधिकृत प्राविधिक टोलीद्वारा गरिनेछ। नियमित सर्भिसले एसीको कूलिङ क्षमता सुधार गर्नुका साथै उपकरणको आयु बढाउन पनि सहयोग गर्ने कम्पनीको भनाइ छ।

साथै आवश्यक पर्ने स्पेयर पार्टस्‍मा ५० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ। साथै नयाँ बेको एसी खरिद गर्ने ग्राहकहरूका लागि २० प्रतिशतसम्म विशेष छुट पनि प्रदान गरिनेछ। यस अभियानको अर्को आकर्षक पक्ष भनेको एक्सचेन्ज अफर हो। ग्राहकहरूले जुनसुकै ब्रान्डको पुरानो एसी साटेर नयाँ बेको एसी खरिद गर्न सक्नेछन्, जसमा ५० प्रतिशतसम्म अतिरिक्त मूल्याङ्कन प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। यसले ग्राहकलाई कम खर्चमा आधुनिक र ऊर्जादक्ष एसी प्रयोग गर्ने अवसर दिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार नयाँ बेको एसी खरिद गर्दा ग्राहकहरूले ४ हजार बराबरको निःशुल्क जडान सेवा पाउनेछन्। साथै, भविष्यका सेवाहरूलाई अझ सहज बनाउन ३ हजार बराबरका दुईवटा सर्भिस कुपन पनि उपलब्ध गराइनेछ, जुन ६ महिनासम्म प्रयोग गर्न सकिनेछ।

प्रकाशित: २८ फागुन २०८२ १६:२४ | Thursday, March 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast