बुध्दले बिदाइ गर्‍यो २४ लाखभन्दा बढी यात्रु बोकेको जहाज

हिमाल प्रेस २८ फागुन २०८२ १२:२३ | Thursday, March 12, 2026
38
SHARES
बुध्दले बिदाइ गर्‍यो २४ लाखभन्दा बढी यात्रु बोकेको जहाज

काठमाडौँ- विश्वमै पहिलो पटक एटीआर–७२ जहाजको विदाई १६ वर्षमा २४ लाखभन्दा बढी यात्रुलाई सुरक्षित हवाईसेवा जहाजको पूर्ण क्षमता सञ्चालनपछि बुध्द एयरले कल साईन 9N-AJO रहेको एटीआर–७२ जहाजलाई औपचारिक रुपमा विदाई गरेको छ।

एटीआर–७२ जहाजको अधिक्तम उडान क्षमता ७२,००० साईकल हो। ‘साईकल’ भन्नाले जहाजको एक उडान र एक अवतरणलाई जनाउँछ । यो एटीआर–७२ जहाज २ जुलाई २०१० देखि व्यवसायिक उडानमा संलग्न थियो । यसको अन्तिम उडान ९ मार्च २०२६ मा भैरहवाबाट–काठमाडौंसम्म गरिएको थियो । १६ वर्षे उडान अवधिभर यस जहाजले २४ लाख ८२ हजार ७ सय बहत्तर जना यात्रु बोकेको थियो।

विदाई क्षण भावुक हुँदै बुध्द एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले भने, ‘यस जहाजले नेपालको हवाई यात्रालाई सुगम, कम खर्चिलो, वातावरणमैत्री बनाउन ठूलो येगदान दियो । यसले बुध्द एयरको बजार बिस्तार तथा शाख बढाउन दुबैमा ठूलो महत्वपूर्ण भूमिका खेलेको छ । हामीले एटीआर जहाजको पूर्ण आयु सञ्चालन गर्ने ऐतिहासिक कीर्तिमान पनि कायम गरेका छौं।’

नेपाल नागरिक उड्डयन प्राधिकरणका जेनरल म्यानेजर टेकनाथ सिटौलाले बुध्द एयरको हवाई सुरक्षाप्रतिको प्रतिबद्धता र उत्कृष्ट मर्मत–सम्भार तथा व्यवस्थापनका कारण आज एटीआर जहाजलाई सफलतापूर्वक विदाई गर्न सम्भव भएको बताए । एटीआर कम्पनीका सिनियर भाईस प्रेसिडेण्ट स्टेफानो माराज्जनीले बुध्द एयरसँगको साझेदारीप्रति गहिरो खुशी व्यक्त गर्दै भने, ‘एटीआर कम्पनीले डिजाईन र निर्माण गरेको यो विमान योग्य हातहरु एवं सही वातावरण तथा उत्कृष्ट प्राविधिक प्रणालीको साथमा अन्तिम उडानसम्म सुरक्षित रुपमा सेवा दिन सक्षम भयो। यसले बुध्द एयरको उच्च सुरक्षा प्रतिबद्धता पुनः प्रमाणित गरेको छ ।’

यसअघि बुध्द एयरले एटीआर–४२ जहाजलाई १० सेप्टेम्बर २०२४ मा पनि विदाई गरेको थियो। बुध्द एयरले आन्तरिक रुपमा देशैभरि तथा पोखराबाट सिधा नेपालगञ्ज, भैरहवा र भरतपुरको उडान भरिरहेको छ । साथै अन्तर्राष्ट्रियतर्फ भारतको वाराणसी तथा कोलकाता पनि उडान भरिरहेको छ।

प्रकाशित: २८ फागुन २०८२ १२:२३ | Thursday, March 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast