निर्वाचन प्रहरीको विदाई आज, कति तलव लिएर फर्किँदैछन्?

हिमाल प्रेस २८ फागुन २०८२ ८:२४ | Thursday, March 12, 2026
36
SHARES
निर्वाचन प्रहरीको विदाई आज, कति तलव लिएर फर्किँदैछन्? फाइल तस्बिर

काठमाडौँ- फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन सुरक्षामा खटिएका निर्वाचन प्रहरीहरूको आज बिदाई गरिँदैछ। ४० कार्यदिनका लागि भर्ना गरिएको समय आज सकिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबि नारायण काफ्लेले जानकारी दिए। उनीहरुलाई धन्यवाद ज्ञापनसहित प्रमाणपत्र र देशलाई आवश्यक परेको समयमा सहयोग गर्ने वाचासहित सम्मान गरि विदाई गरिनेछ।

काफ्लेले निर्वाचन प्रहरीको प्रभावकारी कार्यसम्पादनबाटै निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रुपमा सम्पन्न गर्न सम्भव भएको बताए। यस वर्ष नेपाल प्रहरी मातहत रहनेगरी एक लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी मातहत खटिने गरी १५ हजार १ सय १० सहित एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी परिचालन गरिएको थियो।

उनीहरूलाई ३४ हजार रुपैयाँ तलब, जिल्ला दररेट अनुसारको रासन भत्ता, यातायात भत्ता खाजा खर्च, पोसाक भत्ता अनुसार एकसरो कपडाको खर्च उपलब्ध गराइएको थियो।

 

प्रकाशित: २८ फागुन २०८२ ८:२४ | Thursday, March 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast