ल फर्ममा बम विस्फोट भएको घटनाप्रति बार एसोसिएसनको भर्त्सना

हिमाल प्रेस २८ फागुन २०८२ ७:४८ | Thursday, March 12, 2026
6
SHARES
ल फर्ममा बम विस्फोट भएको घटनाप्रति बार एसोसिएसनको भर्त्सना

काठमाडौँ- नेपाल बार एसोसिएसनले सिरहा जिल्ला अदालत बार एसोसिएसन अगाडि अधिवक्ता मधुसुदन यादवको ल फर्ममा बम विस्फोट भएको घटनाप्रति भर्त्सना गरेको छ।

बुधबार ४ बजे बम विस्फोट हुँदा ल फर्मको सिसा र भित्र रहेका कामजात तथा फर्निचरहरूमा समेत क्षति भएको छ।

नेपाल बार एसोसिसनका महासचिव केदारप्रसाद कोइरालाले भने, ‘बार सो घटनाप्रति घोर भर्त्सना गर्दछ, घटनाको छानबिन गरी, दोषीउपर कारबाही गर्न र ल फर्ममा भएको क्षतिपूर्ति दिन सरकारसँग माग गर्दछ।

सो घटना कसले गराएको र के कति कारणले बम विस्फोट भएको भन्नेबारे पूर्ण विवरण भने आएको छैन ।

प्रकाशित: २८ फागुन २०८२ ७:४८ | Thursday, March 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast