हारपछि बागलुङ नगर कमिटीका अध्यक्ष रामकृष्ण शर्माले दिए राजीनामा

हिमाल प्रेस २७ फागुन २०८२ ८:२९ | Wednesday, March 11, 2026
8
SHARES
हारपछि बागलुङ नगर कमिटीका अध्यक्ष रामकृष्ण शर्माले दिए राजीनामा

बागलुङ- नेकपा एमाले बागलुङ नगर कमिटीका अध्यक्ष रामकृष्ण शर्माले अध्यक्ष पदबाट नैतिकताका आधारमा राजीनामा दिएका छन्। एमाले उम्मेदवारलाई जिताउन नसकेको र एमालेको राजनीतिमा उत्साह ल्याउन नसकेको आत्माआलोचना गर्दै उनले नगर कमिटिका उपाध्यक्षलाई सम्बोधन गरेर औपचारिक रूपमा राजीनामा पत्र पेस गरेका हुन्।

यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बागलुङ क्षेत्र नम्बर १ बाट एमालेका उम्मेदवारी हिराबहादुर केसीलाई जिताउन नसकेको भन्दै नैतिकताको आधारमा राजीनामा दिएको बताए।

उनले बागलुङ नगरपालिकाका कार्यकर्ताहरुलाई एमालेप्रति उत्साहित बनाउन नसकिएको र आम मतदाताको माग बुझ्न ढिलो भएको प्रति आत्माआलोचना गर्दै नैतिकताको आधारमा नगर अध्यक्षको पदबाट राजीनामा दिएको बताए।

शर्माले पार्टी अब पुर्नगठन गर्न अवश्यक रहेकाले सुरुवात आफूबाट गरेको बताए। शर्माले पदमा बसेर पार्टी सुध्रन नसक्ने भन्दै जिम्मेबारीबाट अलग भएको बताए।

प्रकाशित: २७ फागुन २०८२ ८:२९ | Wednesday, March 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast