खगेन्द्र सुनार बने दलित समुदायबाट प्रत्यक्ष निर्वाचित एक मात्र सांसद

हिमाल प्रेस २७ फागुन २०८२ ७:२३ | Wednesday, March 11, 2026
14
SHARES
खगेन्द्र सुनार बने दलित समुदायबाट प्रत्यक्ष निर्वाचित एक मात्र सांसद

काठमाडौँ- प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ दलित समुदायको एक व्यक्ति मात्रै निर्वाचित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बाँके क्षेत्र नम्बर ३ मा खगेन्द्र सुनार २९ हजार ५५१ मत ल्याएर विजयी भएका छन्। उनी नै दलित समुदायबाट प्रत्यक्ष निर्वाचित एक मात्र सांसद हुन्।

दलित अभियन्ता एवं रास्वपाका केन्द्रीय सदस्य सुनारले निकटतम प्रतिस्पर्धी नेकपा एमाले का सुमन मल्ललाई नौ हजार ९३६ मतले पराजित गरे। मल्लले १९ हजार ६१५ मत ल्याएका थिए।

चुनावी मैदानमा २३२ जना अर्थात् ६.९० प्रतिशत दलित थिए । समता फाउन्डेसनको तथ्यांक अनुसार २३२ मा करिब ११२ जना दलित स्वतन्त्र उम्मेदवार थिए । अधिकांश स्वतन्त्र उम्मेदवारले एक सय भोट पनि कटाउन नसकेको फाउन्डेसनले जनाएको छ । मधेश र सहरी क्षेत्रका दलितले धेरै संख्यामा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

प्रकाशित: २७ फागुन २०८२ ७:२३ | Wednesday, March 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast