नेप्से परिसूचक ३२ अंकले घट्यो, कारोबार भने साढे २१ अर्ब

हिमाल प्रेस २६ फागुन २०८२ १६:१२ | Tuesday, March 10, 2026
10
SHARES
नेप्से परिसूचक ३२ अंकले घट्यो, कारोबार भने साढे २१ अर्ब

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२ दशमलव ०८ अंकले घटेर दुई हजार ८४३ दशमलव ३५ को बिन्दुमा कायम भएको छ। यो एक दशमलव ११ प्रतिशतको गिरावट हो।

आज (मंगलबार) ३२९ कम्पनीको पाँच करोड २७ लाख ११ हजार ३५३ कित्ता सेयर दुई करोड पाँच लाख ६११ पटक खरिद-बिक्री हुँदा २१ अर्ब ५० करोड २० लाख ३१ हजार ३२० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आजको कारोबारमा जीवन बिमा शून्य दशमलव ५१, म्युचुअल फन्ड एक दशमलव ३४ र निर्जीवन बिमा शून्य दशमलव ४७ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। बैंकिङ एक दशमलव २७, विकास बैंक एक दशमलव १६, वित्त दुई दशमलव ०६, होटल तथा पर्यटन एक दशमलव ८५, जलविद्युत् एक दशमलव ४५ र लगानी समूह एक दशमलव ४८ प्रतिशतले घटेको छ। उत्पादन तथा प्रशोधन एक दशमलव ८२, लघुवित्त शून्य दशमलव १७, व्यापार दुई दशमलव १२ र अन्य समूह एक दशमलव ४० प्रतिशतले घटेको छ।

रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने हिमस्टार ऊर्जा कम्पनी लिमिटेडको सेयर मूल्य ६ दशमलव ३६ प्रतिशतले घटेको छ।

कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको एक अर्ब नौ करोड ७३ लाख ५५ हजार १५७ बराबरको २४ लाख नौ हजार ९८९ कित्ता सेयर कारोबार भएको छ।

प्रकाशित: २६ फागुन २०८२ १६:१२ | Tuesday, March 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast