काठमाडौँ- केही दिनदेखि देशका विभिन्न भागमा देखिएको तुवाँलो आज (मंगलबार) देखि क्रमिकरूपमा हट्दै जाने मौसमविद्ले बताएका छन्। मौसमविद् सञ्जीव अधिकारीले आजभन्दा भोलि (बुधबार) देखि मौसममा थप सुधार हुने सम्भावना रहेको बताए।
उनका अनुसार पछिल्ला दिनमा उच्च चापीय प्रणालीको प्रभावले तुवाँलो देखिएको हो। तर, यो प्रणाली क्रमशः कमजोर हुँदै जाँदा तुवाँलो पनि हट्दै जाने अनुमान गरिएको छ।
हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाको अनुसार आज (मंगलबार) केही स्थानमा हल्का वर्षा भएको छ।
प्रकाशित: २६ फागुन २०८२ १५:३८ | Tuesday, March 10, 2026
प्रतिक्रिया





