लुम्बिनी : हेभिवेट हराएर रास्वपाले जित्यो २१ सिट जित्यो [नाम र मतसहित]

रास्वपा आठ जिल्लामा एकछत्र रूपमा निर्वाचित भएको छ भने एमाले कांग्रेस र नेकपाका प्रभावशाली नेताले लज्जास्पद हार व्यहोरेका छन्।

विनोद परियार २६ फागुन २०८२ २१:३३ | Tuesday, March 10, 2026
22
SHARES
लुम्बिनी : हेभिवेट हराएर रास्वपाले जित्यो २१ सिट जित्यो [नाम र मतसहित]

बुटवल- लुम्बिनी प्रदेशमा रास्वपाले कुल २६ सिटमध्ये २१ सिटमा जित हासिल गरेको छ। स्थापित दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी र राप्रपालाई पराजित गर्दै रास्वपाले ऐतिहासिक जित हासिल गरेको हो।

रास्वपाले लुम्बिनीका १२ मध्ये ८ जिल्ला एकछत्र पारेको छ। यसअघि ठूला भनिएका दलमध्ये नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले २-२ क्षेत्र जितेका छन् भने नेकपा एमालेले एउटा मात्रै निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ।

रास्वपाले प्रदेशका १२ जिल्लामध्ये एकभन्दा बढी निर्वाचन क्षेत्र भएका रुपन्देही, दाङ, नवलपरासी, गुल्मी र बर्दियामा एकछत्र जित हासिल गरेको छ। नवलपरासी पश्चिमका दुवै क्षेत्र, रुपन्देहीका पाँच क्षेत्र, गुल्मीका दुई क्षेत्र, दाङका तीन क्षेत्र, अर्घाखाँची, प्यूठान, पाल्पाको एक क्षेत्र, कपिलवस्तुका दुई, बाँकेका दुई र बर्दियाका दुवै क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित भएका छन्।

नेपाली कांग्रेसले कपिलवस्तु-३ र पाल्पा-१ मा जितेको छ। नतिजाका हिसाबले एमालेले लुम्बिनीमा ठूलो क्षति भोगेको छ। आफ्नो आधार इलाका र किल्ला भनिएको क्षेत्रमै नेताहरू पराजित भएका छन्।

नेकपाले जनयुद्धको आधारभूमि रोल्पा र रुकुममा आफ्नो विरासत जोगान सफल भएको छ। यी दुई जिल्लामा नेकपाका प्रभावशाली नेताहरूले सहज जित निकालेका छन्। रुकुम पूर्वमा नेपाली कम्यूनिष्ट पार्टीका संयोजक पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रोल्पाबाट वर्षमान पुनले जित हासिल गरेका छन्।

नेकपा एमालेले बाँके-२ मा मात्र जितेको छ। बाँके २ मा निर्वाचित इस्तियाक राई निर्वाचनको मुखैमा जसपाबाट एमाले प्रवेश गरेका थिए।

प्रदेशमा विगत लामो समयदेखि निर्वाचन जित्दै आएका नेताहरू पराजित भए। एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल निकै फराकिलो मतान्तरले पराजित भए। रुपन्देही २ मा रास्वपाका सुलभ खरेलले पौडेललाई ४३ हजार बढिको मतान्तरले पराजित गरेका हुन्।

एमालेका अर्का उपाध्यक्ष गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल, नेता प्रदीप ज्ञवाली, नेकपाका नेता पूर्वमन्त्री सोमप्रसाद पाण्डे, नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री किशोरसिंह राठौर, कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, एमाले केन्द्रीय सदस्य सूर्य थापा, कांग्रेसका डा. गोविन्द पोखरेल, जसपा नेपालका वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्ला, नेकपा नेता कृष्णध्वज खड्का, एमाले नेता खिमलाल भट्टराईलगायतका नेताहरू पराजित भएका छन्।

निर्वाचन रिणामले इतिहासमै पहिलो पटक स्थापित दलहरूले नराम्रो पराजय भोगेका हुन्। रास्वपाबाट भने पराकिलो मतान्तरसहित नयाँ मानक स्थापित गरेका छन्। रुपन्देही क्षेत्र न. १ बाट रास्वपाका महामन्त्री सुनिल लम्साल निर्वाचित भएका छन्। यस्तै रुपन्देही ३ बाट चिकित्सक पृष्ठभूमिका डा. लेखजंग थापाले निकै पराकिलो मतान्तरले जितेर नयाँ रेकर्ड कायम गरेका छन्। थापाले ५८ हजार ८१४ मत ल्याउँदा उनका प्रतिस्पर्धी सुशील गुरुङले आठ हजार ४३५ मत ल्याएर पराजित भए। थापा सम्भवतः ५० हजार ३७९ को मतान्तरले विजयी हुने पहिलो सांसद बनेका छन्।

यस्तो छ लुम्बिनीमा विजयीहरूको तथ्यांक


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast