मकवानपुरमा समानुपातिकतर्फ पनि रास्वपा अग्रस्थानमा

हिमाल प्रेस २६ फागुन २०८२ १३:०५ | Tuesday, March 10, 2026
48
SHARES
मकवानपुरमा समानुपातिकतर्फ पनि रास्वपा अग्रस्थानमा

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनमा मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका हुँदा समानुपातिकतर्फ पनि रास्वपा अग्रस्थानमा रहेको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणामअनुसार समानुपातिकतर्फ क्षेत्र नम्बर १ मा रास्वपाले ३९ हजार ८ सय ३४ मत प्राप्त गरेको छ।

रास्वपापछि राष्ट्रिय परिवर्तन पार्टी १५ हजार ७० मतसहित दोस्रो स्थानमा छ। नेकपा एमालेले ११ हजार २ सय २७ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेस १० हजार ७ सय ७६ मतसहित चौथो स्थानमा छ। पाँचौँ स्थानमा रहेको नेकपाले ८ हजार ४ सय ६७ मत प्राप्त गरेको छ।

क्षेत्र नम्बर २ मा पनि रास्वपाले अग्रता कायम राखेको छ। यहाँ रास्वपाले ३३ हजार ८ सय ५८ मत प्राप्त गरेको छ। रास्वपालाई पछ्याउँदै नेकपा एमालेले १६ हजार ४ सय ७३ मत ल्याएको छ भने नेपाली कांग्रेसले १२ हजार ८ सय ६२ मत प्राप्त गरेको छ।

राष्ट्रिय परिवर्तन पार्टी ९ हजार ६ सय ७९ मतसहित चौथो स्थानमा छ भने नेपाली कम्युनिस्ट पार्टी ९ हजार ४ सय ३१ मतसहित पाँचौँ स्थानमा रहेको छ।

प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार प्रकाश गौतम ३६ हजार ३३ मत ल्याएर निर्वाचित भएका थिए। त्यस्तै क्षेत्र नम्बर २ मा रास्वपाकै उम्मेदवार प्रशान्त उप्रेती ३० हजार ५० मतसहित विजयी बनेका हुन्।

प्रकाशित: २६ फागुन २०८२ १३:०५ | Tuesday, March 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast