पाँचथरको समानुपातिकमा हर्क साम्पाङको श्रम संस्कृति पार्टी पहिलो, रास्वपा चौथो

हिमाल प्रेस २५ फागुन २०८२ ७:३४ | Monday, March 9, 2026
30
SHARES
पाँचथरको समानुपातिकमा हर्क साम्पाङको श्रम संस्कृति पार्टी पहिलो, रास्वपा चौथो

काठमाडौँ- प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको नतिजा समेत निरन्तर आइरहेको छ।

पूर्वी पहाडी जिल्ला पाँचथरको समानुपातिकतर्फको अन्तिम मतपरिणाम आउँदा हर्क साम्पाङको श्रम संस्कृति पार्टी (श्रसंपा)ले सबैभन्दा बढी ल्याएको छ। श्रम संस्कृति पार्टीले १८ हजार ३६८ मत ल्याउँदा दोस्रोमा कांग्रेसले १४ हजार १०० मत ल्याएको छ। तेस्रोमा एमालेले १३ हजार ४१५ मत ल्याउँदा चौथोमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ७ हजार ७६० मत ल्याएको छ। चौथोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ७ हजार २९१ र राष्ट्रिय परिवर्तन पार्टी (बासुरी)ले ३ हजार ८२५ मत ल्याएको नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष भीम बास्कोटाले जानकारी दिए।

पाँचथरमा प्रत्यक्षतर्फ कांग्रेसका नरेन्द्र केरुङ निर्वाचित बने।

प्रकाशित: २५ फागुन २०८२ ७:३४ | Monday, March 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast