काठमाडौँ- निर्वाचन आयोगले समानुपातिकतर्फ मतगणना पनि तीव्र पारेको छ। आयोगको तथ्यांकअनुसार अहिलेसम्म २९ लाख १० हजार ६७७ मत गणना भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मात्रै १४ लाख ६१ हजार ३८१ मत प्राप्त गरेको छ।
नेपाली कांग्रेसले ४ लाख ९४ हजार २५१ मत ल्याएको छ। नेकपा एमालेले ४ लाख ३ हजार ८९९मत पाएको छ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले १ लाख ९३ हजार५५० मत पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १ लाख ६ हजार ३९६मत ल्याउँदा श्रम संस्कृति पार्टीले ५९ हजार २४१ ल्याएको छ।
राष्ट्रिय परिवर्तन पार्टीले ३६ हजार ८६३ मत पाउँदा जनता समाजवादी पार्टी, नेपालले २७ हजार ३०४ मत पाएको छ।

प्रकाशित: २४ फागुन २०८२ ११:५१ | Sunday, March 8, 2026
प्रतिक्रिया





