काठमाडौँ- प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेख्य मत प्राप्त गरेको छ। प्रत्यक्षतर्फ १०८ स्थानमा निर्वाचित भइसकेको रास्वपाले समानुपातिकतर्फ पनि गणना भएकामध्ये ५० प्रतिशत मत प्राप्त गरेको छ।
निर्वाचन आयोगका अनुसार अहिलेसम्म २७ लाख ६१ हजार १५९ मत गणना भएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीले १३ लाख ८८ हजार ४२१ मत पाएको छ। गणना भएको मतको आधारमा यो ५० प्रतिशतभन्दा बढी हो। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ४ लाख ७१ हजार ३५५ मत पाएको छ। नेकपा एमाले ३ लाख ८० हजार ९३२ मतसहित तेस्रो स्थानमा छ।
प्रकाशित: २४ फागुन २०८२ १०:५९ | Sunday, March 8, 2026
प्रतिक्रिया





