रास्वपाका उम्मेदवार हरिमोहन भण्डारी
काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हरिमोहन भण्डारी विजयी भएका छन्। आइतबार बिहान सार्वजनिक अन्तिम मत परिणाममा २२ हजार १३४ मत प्राप्त गर्दै भण्डारी सांसद निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्दले १८ हजार १९५ मत ल्याए । तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारीले १७ हजार ९१ मत पाए । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार प्रमानन्द भट्ट ६ हजार ९६५ मतसहित चौथो स्थानमा रहेका निर्वाचन आयोगले जनाएको छ।
बैतडीमा कुल ७२ हजार ८४३ मत खसेको थियो। यसमध्ये पाँच ११३ मत बदर भएको छ।
प्रकाशित: २४ फागुन २०८२ ९:५६ | Sunday, March 8, 2026
प्रतिक्रिया





