प्रतिनिधिसभा निर्वाचन अपडेट : रास्वपा १०० सिटमा विजयी, २५ स्थानमा अगाडि

हिमाल प्रेस २४ फागुन २०८२ ६:४१ | Sunday, March 8, 2026
24
SHARES
प्रतिनिधिसभा निर्वाचन अपडेट : रास्वपा १०० सिटमा विजयी, २५ स्थानमा अगाडि

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म सय क्षेत्रमा विजयी भएको छ । आज बिहान ६ः१५ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले २५ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन् ।

निर्वाचन आयोगका अनुसार हालसम्म १२९ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १४ क्षेत्रमा जित हासिल गरेको छ भने २ स्थानमा अगाडि रहेको छ । नेकपा एमाले सात स्थानमा विजयी हुँदा चार स्थानमा अगाडि रहेको छ ।

आयोगका अनुसार नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट हालसम्म ६ उम्मेदवार विजयी भएका छन् भने १ स्थानमा अग्रता लिएको छ । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी भएका छन्। यस्तै, श्रम संस्कृति पार्टीका तीन जना उम्मेदवार अग्रस्थानमा छन्।

प्रकाशित: २४ फागुन २०८२ ६:४१ | Sunday, March 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast