काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावल अछाम-१ बाट पराजित भएका छन्। उनी नेपाली कांग्रेसका नेता भरतबहादुर स्वाँरसँग ५२६ मतले पराजित भएका हुन्।
स्वाँरले १० हजार ७५९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। रावलले रावलले १० हजार २३३ मत पाएका छन्।
अछाम-१ मा नेकपा एमालेका उम्मेदवार दीपकबहादुर साउद सात हजार ३८९ मत ल्याएर तेस्रो भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमप्रकाश रावलले एक हजार ७३९ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लोकेन्द्रबहादुर शाहले १०२ मत ल्याए।
प्रकाशित: २३ फागुन २०८२ १६:०७ | Saturday, March 7, 2026
प्रतिक्रिया





