बझाङमा ऐन महर विजयी, कांग्रेस सहमहामन्त्री स्नेही पराजित

हिमाल प्रेस २३ फागुन २०८२ १०:१३ | Saturday, March 7, 2026
16
SHARES
बझाङमा ऐन महर विजयी, कांग्रेस सहमहामन्त्री स्नेही पराजित

बझाङ- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बझाङबाट नेकपा एमालेका उम्मेदवार ऐन महर निर्वाचित भएका छन्। एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्जसमेत रहेका महरले कुल १८ हजार ५४३ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले १६ हजार ३०४ मत प्राप्त गरेका छन् ।

महरले रसाइलीलाई २ हजार २३९ मतान्तरले पराजित गरेका हुन् । बझाङमा नेकपा नेकपा तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौथो स्थानमा रहेका छन् । नेकपाका मीनबहादुर कुँवरले ९ हजार ७५७ मत प्राप्त गर्दा रास्वपाका शैलेशकुमार सिंहले ९ हजार २६३ मत प्राप्त गरेका छन् ।

यस निर्वाचन क्षेत्रमा सात जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए । प्रारम्भिक मतगणनादेखि नै अग्रता बनाएका महरले अन्ततः स्पष्ट मतान्तरसहित जित सुनिश्चित गरेका छन्।

प्रकाशित: २३ फागुन २०८२ १०:१३ | Saturday, March 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast