बुटवल- रूपन्देहीमा निर्वाचन क्षेत्र नम्बर ५ बाट रास्वपाले विजयी सुरूवात गरेको छ । रास्वपाका उम्मेदवार कन्हैया बनियाले २८ हनुजार ६६ मत ल्याएर विजयी भएका छन्। नेकपा एमालेका प्रमोदकुमार यादवले २० हजार २६२ मत ल्याएका छन्। नेपाली कांग्रेसका आशुतोष मिश्रले १५ हजार ६१३ मत प्राप्त गरेका छन्।
यस्तै नेकपाका बाबुलाल यादवले ३०६, श्रम संस्कृति पार्टीका जुठे दमाइले १९ मत ल्याएका छन् । राप्रपाका अहमददिन मुसलमान ७०९ मत ल्याए । रूपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा रास्वपाले लिड गरिरहेको छ ।
प्रकाशित: २३ फागुन २०८२ ९:१२ | Saturday, March 7, 2026
प्रतिक्रिया





