सर्लाही-३ मा नारायणकाजी श्रेष्ठ पछाडि, रास्वपाका नरेन्द्र साहको अग्रता

हिमाल प्रेस २२ फागुन २०८२ १३:०० | Friday, March 6, 2026
54
SHARES
सर्लाही-३ मा नारायणकाजी श्रेष्ठ पछाडि, रास्वपाका नरेन्द्र साहको अग्रता

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार नारायणकाजी श्रेष्ठ प्रारम्भिक मतगणनामा पछाडि परेका छन्। सर्लाही-३ मा चुनाव लडेका श्रेष्ठ प्रारम्भिक मतगणनामा पछाडि परेका हुन्।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार नरेन्द्र साह कलवारले अग्रता लिएका छन्। उनले २ हजार मत ल्याएका छन् भने श्रेष्ठले ३५६ मत पाएका छन्।

यसपालि रास्वपाबाट प्रतिस्पर्धा गरेका कलवार २०७९ सालको निर्वाचनमा कांग्रेस-माओवादी गठबन्धनबाट चुनाव लडेर पराजित भएका थिए।

त्यस्तै गोरखा र मकवानपुरबाट पराजित हुँदै आएका नेकपा नेता श्रेष्ठ मधेशी समुदायको बाहुल्य रहेको सर्लाही-३ मा चुनाव लडेका थिए।

त्यस्तै नेपाली कांग्रेसका विनोद खनालले १६६ मत प्राप्त गरेका छन्।

प्रकाशित: २२ फागुन २०८२ १३:०० | Friday, March 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast