दोलखामा जेष्ठ नागरिकले मतदान गर्ने प्रक्रिया बुझाउँदा प्रतिनिधिमाथि हातपात, निर्वाचन बिथोल्न खोज्दा हवाई फायर

हिमाल प्रेस २१ फागुन २०८२ १०:५२ | Thursday, March 5, 2026
42
SHARES
दोलखामा जेष्ठ नागरिकले मतदान गर्ने प्रक्रिया बुझाउँदा प्रतिनिधिमाथि हातपात, निर्वाचन बिथोल्न खोज्दा हवाई फायर

काठमाडौँ- दोलखाको तामाकोसी गाउँपालिका४ स्थित गोल्मेश्वर माध्यामिक विद्यालयमा मतदान बिथोलिएको छ।

मतदान केन्द्रमा एक जेष्ठ नागरिकले मत हाल्ने प्रक्रिया बुझाउँदा प्रतिनिधिहरूले कर्मचारीलाई हातपात गरेपछि विवाद भएको हो। सोही विवाद साम्य बनाउन प्रहरीले हवाई फायर समेत गरेको छ। जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेका अनुसार अहिले सोही स्थानको स्थिति सामान्य बन्दै गएको छ।

उनका अनुसार विवाद उत्पन्न भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायर गरेको हो। उनका अनुसार मतदान फेरि सुरु भइसकेको छ। ‘बाहिर धेरै हल्ला चल्यो। तर भित्र त्यति धेरै समस्या छैन।’ उनले हिमाल प्रेससँग भने,’स्थिति सामान्य भइसक्यो।’

प्रकाशित: २१ फागुन २०८२ १०:५२ | Thursday, March 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast