तम्तयार छन् देशभरका मतदान केन्द्र

हिमाल प्रेस २० फागुन २०८२ १४:२५ | Wednesday, March 4, 2026
16
SHARES
तम्तयार छन् देशभरका मतदान केन्द्र

काठमाडौँ- बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका मतदान केन्द्रमा आवश्यक तयारी गरिएको छ।

निर्वाचनका लाथि बुथ निर्माण गर्ने, मतदानका लागि लाइन लाग्नका लागि डोरी टाङ्ने लगायतका कामहरू भएका छन्। बिहीबार बिहान ७ बजेदेखि मतदान प्रारम्भ हुने भएपछि बुधबार नै आवश्यक सबै पूर्वाधारका काम सम्पन्न गरिएका हुन्।

मतदानका लागि महिला र पुरुषको छुट्टाछुटै लाइनको व्यवस्था गरिएको छ भने अशक्त, अपांगता, ज्येष्ठ नागरिकलगायतका मतदातालाई सीधै मतदान गर्न पाउने व्यवस्था गरिएको छ। कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दै छन्।

यसका लागि निर्वाचन आयोगले देशभर १० हजार ९ सय ६७ मतदानस्थल र २३ हजार १ सय १२ वटा मतदान केन्द्र कायम गरेको छ।

प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि हुन लागेको निर्वाचनमा प्रत्यक्षतर्फ ३४०५ र समानुपातिक तर्फ ३१३५ उम्मेदवार प्रतिस्पर्धामा छन्।

प्रकाशित: २० फागुन २०८२ १४:२५ | Wednesday, March 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast