जनकपुरधाम- पर्सा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मनोजकुमार चौधरी सवार गाडीमा शंकास्पद वस्तु फेला परेपछि उनलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ। बरहनियार चोकमा नियमित चेकजाँचक्रममा प्रहरी, सेना र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले बा१०च १२५० नम्बरको रातो कार जाँच गर्दा बमजस्तो देखिने चार पोका शंकास्पद वस्तु फेला पारेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार प्रारम्भिक जाँचअनुसार यी वस्तु विस्फोटक पदार्थ रहेको देखिएको बताए । घटनाबारे थप अनुसन्धान भइरहेको छ। उम्मेदवार चौधरीसहित सत्यनारायण दास, सुरज कार्की र एक जना चालक गरी चार जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रकाशित: २० फागुन २०८२ ८:४३ | Wednesday, March 4, 2026
प्रतिक्रिया





