आत्मदाह गरेका आचार्यले उठाएका विषयमा छानबिन गर्ने सरकारको निर्णय

हिमाल प्रेस ११ माघ २०७९ १८:४६ | Wednesday, January 25, 2023
आत्मदाह गरेका आचार्यले उठाएका विषयमा छानबिन गर्ने सरकारको निर्णय

काठमाडौँ- सरकारले संसद् भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले उठाएका विषयहरूको अध्ययन गरेर छानबिन गर्ने भएको छ।  सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आचार्यको आत्मदाह र उनले उठाएको विषयबारे अध्ययन गरेर छानबिन गर्ने निर्णय गरेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए।

छानबिनको जिम्मा गृहमन्त्रालयलाई दिइएको उनको भनाइ छ। लामिछानले मन्त्रालयले आवश्यक छानबिन गरेर कामकारबाही अघि बढाउने बताए।

मंगलबार दिउँसो काठमाडौँ बानेश्वरको संसद् भवन अगाडि शरीरमा पेट्रोल छर्केर इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय आचार्यले आत्मदाहको प्रयास गरेका थिए। उनको बुधबार बिहान उपचारका क्रममा निधन भएको थियो।

 

 

प्रकाशित: ११ माघ २०७९ १८:४६ | Wednesday, January 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast