भोजपुरका दुई गाउँका ६८ नेकपा-कांग्रेस कार्यकर्ता एमालेमा, शेरधनले गरे स्वागत

हिमाल प्रेस १८ फागुन २०८२ ८:१८ | Monday, March 2, 2026
10
SHARES
भोजपुरका दुई गाउँका ६८ नेकपा-कांग्रेस कार्यकर्ता एमालेमा, शेरधनले गरे स्वागत

भोजपुर- भोजपुरमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस आबद्ध रहेका दुई गाउँबाट ६८ जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्। भोजपुरको आमचोक गाउँपालिका ७ सागुरीमा नेकपा र कांग्रेसका कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका हुन्। नेकपाबाट २५ जना र कांग्रेसबाट १६ जना एमाले प्रवेश गरेको एमाले आमचोक गाउँ कमिटी सचिव मिलन राईले जानकारी दिए।

त्यस्तै सोही वडाको दुम्रेमा नेकपाबाट २७ जना नेताकार्यकर्ता एमाले प्रवेश गरेका छन्। उनीहरूलाई एमाले उम्मेदवार समेत रहेका केन्द्रीय पार्टी सचिव शेरधन राईले पार्टी प्रवेश गराएका हुन्। आमचोक गाउँपालिका शेरधन राईको आफ्नै पालिका हो। यो ठाउँमा नेकपामा नेता कार्यकर्ता धमाधम एमाले प्रवेश गरिरहेका छन्।

प्रकाशित: १८ फागुन २०८२ ८:१८ | Monday, March 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast