काठमाडौँ- कर्णाली प्रदेश मन्त्रिपरिषद् विस्तार भएको छ। बुधबार मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद् विस्तार गरेका हुन्। एमालेबाट तीन र माओवादीबाट मुख्यमन्त्रीसहित चार जना मन्त्री बनेका छन्।
यसअघिको आठ सदस्यीय मन्त्रिपरिषद्लाई घटाएर सात सदस्यीय बनाइएको छ। गत पुस २७ गने मुख्यमन्त्रीमा नियुक्त भएका माओवादी केन्द्रका राजकुमार शर्माले दोस्रो दिन (पुस २८) गते दुई मन्त्रीसहित पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए।

प्रकाशित: ११ माघ २०७९ १८:२१ | Wednesday, January 25, 2023
प्रतिक्रिया





