आइएमई पे एप ४० लाख पटक डाउनलोड

हिमाल प्रेस ११ माघ २०७९ १८:०९ | Wednesday, January 25, 2023
आइएमई पे एप ४० लाख पटक डाउनलोड

काठमाडौँ- आइएमई डिजिटल सोलुसन लिमिटेडअन्तर्गत सञ्चालित भुक्तानी सेवाप्रदायक कम्पनी आइएमई पे को एप ४० लाख पटक डाउनलोड भएको छ।

‘आइएमई पे’ आइएमई ग्रुपको डिजिटल वित्तीय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट  विनियमावली, २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो।

आइएमई पे वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टमार्फत् विभिन्न किसिमको भुक्तानीका कार्य गर्न सक्नेछन्। यसबाट व्यक्तिव्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्सफरदेखि विभिन्न अनलाइन तथा स्थलगत स्टोरमा क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिन्छ।

प्रकाशित: ११ माघ २०७९ १८:०९ | Wednesday, January 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast