रास्वपा कर्णाली प्रदेश महामन्त्री कांग्रेसमा

हिमाल प्रेस १७ फागुन २०८२ ९:१३ | Sunday, March 1, 2026
14
SHARES
रास्वपा कर्णाली प्रदेश महामन्त्री कांग्रेसमा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशका महामन्त्री चन्द्रा विकक र रास्वपा सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेत नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

उनीहरूलाई कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सुर्खेतमा आइतबार बिहान आयोजित एक समारोहमा स्वागत गरेका हुन्। पछिल्लो समय रास्वपा छाड्ने नेताहरू बढेका छन्। चुनावमा टिकट नपाएर असन्तुष्ट नेताहरू धमाधम पुरानै पार्टीमा फर्किन थालेका हुन्।

प्रकाशित: १७ फागुन २०८२ ९:१३ | Sunday, March 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast