चुनाव भाँड्ने अभिव्यक्ति दिएका दुर्गा प्रसाई निवासबाटै नियन्त्रणमा

हिमाल प्रेस १७ फागुन २०८२ ८:४८ | Sunday, March 1, 2026
10
SHARES
चुनाव भाँड्ने अभिव्यक्ति दिएका दुर्गा प्रसाई निवासबाटै नियन्त्रणमा

काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले बिहान निवासबाटै प्रसाई‍लाई पक्राउ गरेको हो ।

प्रसाईको पारिवारिक स्रोतका अनुसार आज बिहान ६ बजे नै भक्तपुरको प्रहरी टोली निवास वरिपरि तैनाथ थियो । उनलाई पौने आठ बजेतिर पक्राउ पुर्जी थमाएर प्रहरीले लगेको हो । पक्राउ पुर्जीमा ‘सार्वजनिक शान्ति विरुद्धको मुद्दाको अनुसन्धानका लागि’ भन्ने व्यहोरा उल्लेख छ। उनले बारम्बार निर्वाचनविरुद्धमा अभिव्यक्ति दिएका थिए। मुलुकमा निर्वाचनले निकास नदिने र निर्वाचन भए द्वन्द्वमा जाने बताएका थिए।

उनले आजदेखि नै बन्दको घोषणा पनि गरेका थिए। यही कारण प्रसाई पक्राउ परेको सुरक्षा अधिकारीहरू बताउँछन्। आगामी फागुन २१ मा निर्वाचन तोकिएको छ। सरकारले निर्वाचनको वातावरण बनाइरहेका बेला प्रसाईले भड्काउ अभिव्यक्ति दिएको आरोप उनीमाथि छ। उनी यसअघि पनि बारम्बार विभिन्न मुद्दामा पक्राउ पर्दै आएका छन्। तर अदालतको आदेशसँगै छुट्ने गरेका छन्।

प्रकाशित: १७ फागुन २०८२ ८:४८ | Sunday, March 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast