बालेनलाई आरोप लगाएर एमालेमा रास्वपाका नेता

हिमाल प्रेस १६ फागुन २०८२ ११:०४ | Saturday, February 28, 2026
22
SHARES
बालेनलाई आरोप लगाएर एमालेमा रास्वपाका नेता

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कोशी प्रदेशका नेता तथा भ्रष्टाचार विरुद्धका विभागीय प्रमुख ठगेन्द्र नेउपानेले पार्टी परित्याग गरेका छन् । रास्वपा त्यागेका नेउपानेलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा पार्टी प्रवेश गराएका हुन् ।

एमाले प्रवेशका अवसरमा उनले रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले विदेशीको इसारामा चलखेल गरी देशको अस्मिता र माटोको रक्षा नगर्ने देखिएपछि रास्वपा त्यागेको बताए ।

उनले भनेका छन्, ‘बालेनले विदेशीको इसारामा चलखेलगरि देशको अस्मिता र माटोको रक्षा नगर्ने देखेँ साथै रविले जस्तो देशलाई बर्बादी गरेको टुलुटुलु हेरेर बस्न सकिन । त्यो भित्रको वास्तविकता र चरित्र थाहा पाएँ र पार्टी परित्याग गरेँ।’

प्रकाशित: १६ फागुन २०८२ ११:०४ | Saturday, February 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast