रास्वपाका काठमाडौँ ५ का क्षेत्रीय संयोजकसहित १४ जनाको सामूहिक राजीनामा

हिमाल प्रेस १६ फागुन २०८२ ९:३० | Saturday, February 28, 2026
8
SHARES
रास्वपाका काठमाडौँ ५ का क्षेत्रीय संयोजकसहित १४ जनाको सामूहिक राजीनामा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौँ ५ का संस्थापक क्षेत्रीय संयोजक सहित १४ जनाले सामूहिक राजीनामा दिएका छन्। उनीहरूले राजीनामा पत्रमा प्रतिनिधि सभा उम्मेदवार छनोटका आवरणमा आर्थिक अनियमितता समेत भएको आरोप नेतृत्वमाथि लगाएका छन्। यसैगरी, लोकतन्त्र र सुशासनको वातावरणमा देश निर्माण गर्ने चाहनामा पार्टीले आघात पुर्‍याएको भन्दै राजीनामा पत्रमा पार्टीका स्थानीय गतिविधिबाट आघात भएकाले आजैबाट राजीनामा दिइएको उल्लेख छ।

राजीनामा दिनेमा संस्थापक क्षेत्रीय संयोजक मधुसुधनध्वज खड्का, बुनपा ३ का नगर प्रतिनिधि राम श्रेष्ठ, बुनपा ३ की जया श्रेष्ठ, बुनपा ४ का सदस्यहरू समिप घले र कवि थापा मगर छन्।

यसैगरी, वडा पदाधिकारीहरू बुनपा ७ की प्रतिभा सेढाईं, बुनपा ७ का सदस्य किरण थापा, टोखा रास्वपा सदस्य चिरञ्जिवी अधिकारी, लेखा सदस्य सृजना बस्नेत र शोभा सुवेदी, सदस्यहरू बुनपा ४ का प्रभात महर्जन, राजेश थापा र अञ्जना बोगटी छन्।

यसअघि प्रतिनिधि सभा सदस्य उम्मेदवार रहिसकेका प्रणय राणाले राजीनामा दिएका थिए। उनी नेपाली कांग्रेसमा फर्किएका थिए। १४ जना पनि राणा निकट मानिन्छन्। राणा हालै मात्र कांग्रेस प्रवेश गरेका थिए। यसले निर्वाचनको नजिकैमा रास्वपालाई धक्का लाग्ने देखिएको छ।

पत्र हेर्नुस्

प्रकाशित: १६ फागुन २०८२ ९:३० | Saturday, February 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast