रवि र बालेन काठमाडौँको चुनावी सभामा सहभागी हुँदै, यी स्थानमा हुँदैछ सभा

हिमाल प्रेस १६ फागुन २०८२ ८:१४ | Saturday, February 28, 2026
16
SHARES
रवि र बालेन काठमाडौँको चुनावी सभामा सहभागी हुँदै, यी स्थानमा हुँदैछ सभा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह आज काठमाडौँ उपत्यकाका चुनावी कार्यक्रममा सहभागी हुने भएका छन्।दुवै नेता काठमाडौँ, भक्तपुर र ललितपुरका चुनावी कार्यक्रममा सहभागी हुने रास्वपाले जनाएको छ। उनीहरू बिहान ६ देखि साँझ साढे ६ बजेसम्म ती कार्यक्रममा सहभागी हुने छन्।

‘एउटै लक्ष्य, एउटै आवाज, एउटै प्रतिबद्धता’ भन्ने मूल नाराका साथ आयोजना भएको कार्यक्रमको उद्देश्य जनतासँग प्रत्यक्ष भेटघाट र जनसम्पर्क विस्तार गर्नु रहेको पार्टीले जनाएको छ। पशुपतिनाथ प्रवेशद्वार नजिकैको गौशालाबाट सुरु भएको यो अभियान बेलुकी ६:३० बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा पुगेर समापन हुनेछ।

सार्वजनिक गरिएको रुट म्याप अनुसार पशुपतिनाथबाट सुरु भएको यात्रा चाबहिल, जोरपाटी, साँखु, मुलपानी, पेप्सीकोला हुँदै भक्तपुरको सानोथिमी, दुवाकोट, ब्यासी, कमलविनायक, जगाती र सूर्यविनायक पुग्नेछ। त्यसपछि जडिबुटी, ग्वार्को, मंगलबजार, जावलाखेल हुँदै ललितपुरको पुलचोकमा पुग्ने कार्यक्रम छ। पुलचोकमा दिउँसो १:०० बजे खानाका लागि छोटो समय छुट्याइएको छ।

दोस्रो चरणमा कालिमाटी (दिउँसो २ः००), टेकु, थापाथली, कीर्तिपुर, बल्खु, सतुंगल, चन्द्रागिरी, सितापाइला, स्वयम्भू, बालाजु, माछापोखरी, टोखा, बुढानीलकण्ठ, सुकेधारा, विशालनगर, बालुवाटार, नक्साल, माइतीदेवी, पुरानो बानेश्वर, नयाँ बानेश्वर, माइतीघर, पुतलीसडक, जमल, लैनचौर, सामाखुसी, गोंगबु हुँदै वनस्थली चोकस्थित ‘घण्टी घर’ (रास्वपा केन्द्रीय कार्यालय) मा पुगेर कार्यक्रम समापन हुनेछ।

प्रकाशित: १६ फागुन २०८२ ८:१४ | Saturday, February 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast