पोखराका सहकारीपीडितले गगन थापालाई बुझाए मागपत्र

हिमाल प्रेस १५ फागुन २०८२ १९:०९ | Friday, February 27, 2026
24
SHARES
पोखराका सहकारीपीडितले गगन थापालाई बुझाए मागपत्र

पोखरा- चितवनको चुनावी सभामा रास्वपा सभापति रवि लामिछानेले कांग्रेस सभापति गगन थापालक्षित गरी प्रमाण छ भनेको आज ६५८ पूरा भएको भनी व्यङ्ग्य गर्दा पोखराको सभामा कांग्रेस सभापति गगन थापालाई सहकारीपीडितले मागपत्र बुझाएका छन्। पोखराको सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिका तर्फबाट संयोजक किरण श्रेष्ठले कांग्रेस सभापति थापालाई चारबुँदे मागपत्र बुझाएका हुन्।

श्रेष्ठले अहिले सरकारमा कोही नभएको महसुस भएको र आफूहरूको बचत रकम फिर्ता नभएको गुनासो गर्दै भावी प्रधानमन्त्रीको रूपमा अघि सारिएका थापालाई यसको निकासका लागि माग गर्दै पत्र बुझाइएको बताए। उनले भने, ‘हामी पीडितको माग भनेको कुनै सरकारले दिलाएन भन्ने पीर भन्दा पनि जसले खायो उसैले फिर्ता गर्नुपर्छ भन्ने हो।’

‘हामीहरूको बचत रकम जीवी राई, छविलाल जोशी, रवि लामिछाने, कुमार रम्तेलसमेतका प्रतिवादीले तिरिदिए त हामीलाई सरकारै चाहिन्न नि,’ उनले अगाडि भने, ‘भोलिका दिनमा सरकारमा जुनसुकै भूमिकामा रहे पनि हामीहरूको बचत रकम फिर्ता गर्नेबारे पहल गरिदिनुहोला भनी अनुरोध गरेका हौँ।’

रास्वपा सभापति लामिछानेविरुद्ध पोखराको सूर्य दर्शन सहकारी ठगी समेतको मुद्दामा कास्की जिल्ला अदालतले गत वर्ष ६५ लाख धरौटीमा रिहाको आदेश दिएको थियो।

सहकारीको ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ अपचलन गरेको भन्दै उनीविरुद्ध सोहीबमोजिम बिगो माग दाबी गरेर सरकारी वकिल कार्यालयले अदालतमा अभियोग लगेको थियो।

नेपाली कांग्रेस कास्कीले पोखरामा शुक्रबार २१ फागुनको प्रतिनिधि सभा चुनावलक्षित गरी आमसभा आयोजना गरेको हो। आमसभालाई सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मालगायतका नेताले सम्बोधन गरेका थिए।

प्रकाशित: १५ फागुन २०८२ १९:०९ | Friday, February 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast