सीमानाकामा सुरक्षा सतर्कता बढाइने

हिमाल प्रेस १४ फागुन २०८२ १८:२१ | Thursday, February 26, 2026
6
SHARES
सीमानाकामा सुरक्षा सतर्कता बढाइने

मोरङ- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि कोशी प्रदेशको नेपालसँग जोडिएको भारत र चीनको सीमानाकाहरूमा दुवै देशका सुरक्षा अधिकारीहरूले सुरक्षा सतर्कता बढाउने भएका छन्।

भारततर्फ जोडिएको करिब ४२८ किलोमिटर सीमाक्षेत्रमा दुवै देशका सुरक्षा अधिकारीहरूले संयुक्त गस्ती गर्ने सहमति भएको छ। यसै गरी ७२ घण्टा अगाडि अर्थात् फागुन १८ गते देखि मतदान भएको राति १२ बजे सम्म नेपाल भारत सीमा सिल गर्ने सहमति भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए।

कोशी प्रदेशको चीनसँगको करिब २५८ किलोमिटर सिमानामा त्यति समस्या नभए पनि झापा, मोरङ, सुनसरी, इलाम र पाँचथर जिल्लाका भारतीय सीमामा भने संयुक्त गस्ती समेत गरिने उनले बताए।

निर्वाचनका बेला ७२ घण्टा सीमा सिल गर्ने र संयुक्त सीमा गस्ती गर्नुका साथै तस्करी नियन्त्रण, मानव बेचबिखन नियन्त्रण, हतियार ओसारपसार र नक्कली नोट कारोबार नियन्त्रण गर्ने बारे भारतीय र नेपाली सुरक्षा अधिकारीहरूबीच सहमति भएको छ।

प्रकाशित: १४ फागुन २०८२ १८:२१ | Thursday, February 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast