जेनजी आन्दोलनमा तोडफोड भएको पोखराको एनसेल सेन्टर पुनः सञ्चालन

हिमाल प्रेस १४ फागुन २०८२ १४:०२ | Thursday, February 26, 2026
8
SHARES
जेनजी आन्दोलनमा तोडफोड भएको पोखराको एनसेल सेन्टर पुनः सञ्चालन

पोखरा- जेनजी आन्दोलनका क्रममा तोडफोड भएको पोखरा, सिर्जनाचोकस्थित एनसेल सेन्टर पुनः सञ्चालनमा आएको छ। गत २३ र २४ भदौको जेनजी आन्दोलनका क्रममा उक्त सेन्टरमाथि आन्दोलनकारीले तोडफोड गरी क्षति पुर्‍याएका थिए।

उक्त सेन्टरको बिहीबार एनसेल कम्पनीका ग्राहक सेवा प्रबन्धक ज्योति दाहाल र पोखरा नुडल्सका एच.आर. अफिसर यामप्रसाद गौतमले संयुक्तरूपमा रिवन काटेर उद्घाटन गरे।

एनसेलका ग्राहकले नयाँ प्लान तथा स्किमका सबै सुविधाहरू यहाँबाट पाउन सकिने उनले बताइन्। पुनः उद्घाटन अवसरमा ग्राहकलाई टप अप तथा सिम लगायतमा अफर राखिएको उनले जानकारी दिइन्। पोखरा सेन्टरमा ६ जना कर्मचारी कार्यरत छन्।


पोखरामा सन् २००९ मा सेवा केन्द्र सञ्चालमा आएको थियो। गण्डकी प्रदेशमा पोखरासहित दमौलीमा पनि सेवा केन्द्र छ। पोखरा सेन्टर पुनः सञ्चालनको दिन बिहीबार ग्राहकको भिड बढेको छ।

ऐनसेल कम्पनीका देशभर ३१ सेन्टर छन्। जेनजी आन्दोलनमा काठमाडौँस्थित हेड अफिससहित पोखरा, महेन्द्रनगर र धनगढी सेन्टरमा तोडफोड भई क्षति पुगेको कर्पोरेट कम्युनिकेशन एनसेलका युनिट हेड रमेश श्रेष्ठले जानकारी दिए।

प्रकाशित: १४ फागुन २०८२ १४:०२ | Thursday, February 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast