पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

हिमाल प्रेस १४ फागुन २०८२ १०:५६ | Thursday, February 26, 2026
4
SHARES
पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

पाल्पा- पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार बेलुकी सवा ९ बजे रैनादेवी छहरा गाउँपालिका १मा सिद्धेश्वरबाट सर्देवा जाँदै गरेको लु २ ख २००१ नम्बरको टिपर सडकबाट झन्डै २०० मिटर तल खसेर दुर्घटना भएको थियो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डीएसपी होमप्रकाश चौधरीका अनुसार दुर्घटनामा टिपर चालक रैनादेवी छहरा गाउँपालिका – ३ भुवनपोखरीका ३४ वर्षीय खिमबहादुर सोमईको मृत्यु भएको हो। उनलाई उद्धार गरी गम्भीर अवस्थामा लुम्बिनी मेडिकल कलेजमा पुर्‍याइएको थियो। चिकित्सकले चेकजाँच गरी मृत घोषणा गरेको डिएसपी चौधरीले जानकारी दिए।

दुर्घटना बारे अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: १४ फागुन २०८२ १०:५६ | Thursday, February 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast