दुर्गा प्रसाईं। फाइल तस्बिर।
काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईले नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवा र नेता पूर्णबहादुर खड्कासँगको आफ्नो सार्वजनिक भएको तस्बिरबारे स्पष्टीकरण दिएका छन्।
सामाजिक सञ्जालमा उक्त तस्बिर भाइरल भएपछि प्रसाईले तस्बिर सक्कली नै भएको स्वीकार्दै आफ्नो हातमा सत्ता आए तिनै नेताहरूलाई सबैभन्दा पहिले जेल हाल्ने दाबी गरेका छन्।
आफू हिरासतमा रहेको बेला पुरानो फोटोलाई नयाँ मिति हालेर षड्यन्त्रपूर्वक सार्वजनिक गरिएको प्रसाईको आरोप छ। आफू भित्र भएको बेला यसरी फोटो ल्याउनुलाई उनले ‘बेमौसमी बाजा’ को संज्ञा दिए। आफ्ना लागि आरजु, शेरबहादुर देउवा वा केपी ओली कोही पनि ठूलो कुरा नभई मुलुकको अवस्था र जनताको मुद्दा प्रधान रहेको उनले बताए।
प्रकाशित: १४ फागुन २०८२ ८:०२ | Thursday, February 26, 2026
प्रतिक्रिया





