कांग्रेसको आन्तरिक मतभेद मिलाउन म आफैँ सक्रिय छु : विमलेन्द्र निधि

हिमाल प्रेस १३ फागुन २०८२ १६:३६ | Wednesday, February 25, 2026
14
SHARES
कांग्रेसको आन्तरिक मतभेद मिलाउन म आफैँ सक्रिय छु : विमलेन्द्र निधि

काठमाडौँ- नेपाली कांग्रेसका पूर्वउपसभापति एवं धनुषा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विमलेन्द्र निधिले कांग्रेसको नयाँ नेतृत्व र गगन थापाजस्ता युवाहरूको ऊर्जाले पार्टीमा सकारात्मक उत्साह थपेको बताएका छन्।

उनले पार्टीभित्रका आन्तरिक मतभेदहरूलाई आफू स्वयंले सक्रियतापूर्वक सुल्झाउँदै लगेको र अहिले कांग्रेसमा देशव्यापी एकता रहेको दाबी गरे।

देशमा हाल निर्वाचित संसद् नहुँदा लोकतान्त्रिक प्रणाली कमजोर बनेको बताउँदै निधिले यसको सही उपचार कांग्रेसको बहुमतको सरकारले मात्र दिन सक्ने जिकिर गरे।

सुशासनका लागि डिजिटल गभर्नेन्सलाई प्राथमिकता दिने योजना सुनाउँदै उनले भ्रष्टाचार न्यूनीकरण र सरकारी सेवामा सहजता ल्याउने प्रतिबद्धता व्यक्त गरे।

अनुभवहीन ‘नयाँ ड्राइभर’ले देशलाई दुर्घटनामा पुर्‍याउन सक्ने भन्दै उनले विकास र अधिकारका लागि परीक्षण भइसकेको शक्ति कांग्रेसलाई नै मतदान गर्न आग्रह गरे।

आफ्नो क्षेत्रका लागि तीनवटा प्रसूति र बाल अस्पताल निर्माण, मल कारखानाको पहल र जनकपुरलाई धार्मिक पर्यटनको केन्द्र बनाउने योजना निधिसँग छ।

विगतमा जनकपुरलाई प्रदेश राजधानी बनाउन र भौतिक पूर्वाधार विकासमा पुर्‍याएको योगदान नै आफ्नो जितको मुख्य आधार भएको उनको ठम्याइ छ।

प्रकाशित: १३ फागुन २०८२ १६:३६ | Wednesday, February 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast