सर्लाही ३ मा राष्ट्रिय मुक्तिका दाहालले लिए उम्मेद्वारी फिर्ता, कांग्रेसका खनाललाई समर्थन

हिमाल प्रेस १३ फागुन २०८२ १०:२८ | Wednesday, February 25, 2026
10
SHARES
सर्लाही ३ मा राष्ट्रिय मुक्तिका दाहालले लिए उम्मेद्वारी फिर्ता, कांग्रेसका खनाललाई समर्थन

सर्लाही- राष्ट्रिय मुक्ति पार्टी नेपालबाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका महेशराज दाहालले उम्मेदवारी फिर्ता लिएका छन्। सर्लाही क्षेत्र नं ३ बाट दिएको उम्मेद्वारी उनले फिर्ता लिएको घोषणा गरेका हुन् ।

दाहालले सर्लाहीको बागमतीमा आयोजित एक कार्यक्रममा आफ्नो उम्मेद्वारी फिर्ता लिएको घोषणा गर्दै नेपाली कांग्रेसका उम्मेद्वार विनोदकुमार खनाललाई समर्थन गर्ने बताएका हुन्। राजेन्द्र महतो नेतृत्वको पार्टीबाट ‘जाँतो’ चुनाव चिन्हमा उम्मेद्वारी दिएका दाहालले आफू र आफ्नो पार्टीको सम्पूर्ण टिम कांग्रेस उम्मेद्वार खनालको पक्षमा उभिने स्पष्ट पारे।

‘मैले आफ्नो उम्मेद्वारी फिर्ता लिएको छु, अब म र मेरो पार्टीको तर्फबाट कांग्रेस उम्मेद्वार विनोदकुमार खनाललाई पूर्ण समर्थन रहनेछ,’ दाहालले बताए । कार्यक्रममा बोल्दै कांग्रेस उम्मेद्वार खनालले दाहालको निर्णयप्रति आभार व्यक्त गर्दै यसले लोकतान्त्रिक शक्तिहरूलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे।

उक्त कार्यक्रममा कांग्रेसका जिल्ला सचिव निरोज कार्की, हरिवन नगर सभापति रामशरण उप्रेतीलगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो। दाहालको उम्मेद्वारी फिर्ता र कांग्रेसलाई समर्थनले सर्लाही क्षेत्र नं ३ मा कांग्रेस थप बलियो भएको छ।

प्रकाशित: १३ फागुन २०८२ १०:२८ | Wednesday, February 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast