नवलपरासी पुगेर देवेन्द्रराज कँडेलले भने : विनोद चौधरी ‘राष्ट्रिय ब्रान्ड’ हुन्, चुनावमा अवसरका रूपमा उपयोग गरौँ

हिमाल प्रेस १३ फागुन २०८२ ७:४६ | Wednesday, February 25, 2026
10
SHARES
नवलपरासी पुगेर देवेन्द्रराज कँडेलले भने : विनोद चौधरी ‘राष्ट्रिय ब्रान्ड’ हुन्, चुनावमा अवसरका रूपमा उपयोग गरौँ

काठमाडौँ-  नेपाली कांग्रेसका नवलपरासी संयोजक देवेन्द्रराज कँडेलले कांग्रेसको पक्षमा जनलहर देखिएको बताएका छन्। उनले प्रतिनिधिसभा सदस्यका उम्मेदवार विनोद चौधरीलाई ‘राष्ट्रिय ब्रान्ड’ को संज्ञा दिँदै क्षेत्रले त्यसलाई विकासको अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका छन्।

कँडेलले नवलपरासी पश्चिम–१ कांग्रेसको गढ क्षेत्र रहेको उल्लेख गर्दै विनोद चौधरीको अनुभव, पहुँच र क्षमताले क्षेत्रको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे। ‘विनोद चौधरी नेपालको एउटा स्थापित ब्रान्ड हुन्। यस्तो ब्रान्ड पश्चिम नवलपरासीले पाउनु गर्वको विषय हो। अब यस क्षेत्रका जनताले उहाँको अनुभव, पहुँच र क्षमतालाई विकासका अवसरमा रूपान्तरण गर्न सक्नुपर्छ, उनले भने।

यस क्षेत्रका उम्मेदवार विनोद चौधरीको नेतृत्वमा आयोजित मोटरसाइकल र्यालीमा हजारौँ कार्यकर्ता तथा समर्थक सहभागी भएका थिए। चौपत्ता खुला चौरबाट सुरु भएको र्याली त्रिवेणी चोक, महलवारी, रुपौलिया, बेलाटारी, विजयनगर, गुठी प्रसौनी, पकलिहवा, बसहिया, मुजहवा र धननदवा लगायतका स्थान हुँदै सम्पन्न भएको थियो।

कार्यक्रममा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण कलवारले पनि कांग्रेसको जीत सुनिश्चित रहेको दाबी गर्दै पार्टी पङ्क्तिलाई एकताबद्ध भएर उम्मेदवारलाई विजयी गराउन आह्वान गरे।

विनोद चौधरीले पार्टी पङ्क्तिको साथ र सहयोगप्रति आभार व्यक्त गर्दै विकासलाई प्राथमिकता दिने प्रतिबद्धता दोहोर्‍याए। उनले क्षेत्रको विकासको जग बसिसकेको उल्लेख गर्दै त्यसलाई पूर्णता दिन सबै एकजुट भएर अघि बढ्ने बताए।

निर्वाचन नजिकिँदै जाँदा नवलपरासी पश्चिम–१ मा दलहरूबीच चुनावी प्रतिस्पर्धा थप चर्किँदै गएको छ।

प्रकाशित: १३ फागुन २०८२ ७:४६ | Wednesday, February 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast