निफको छैटौँ संस्करण चैत २ देखि सुरु हुने

हिमाल प्रेस ११ माघ २०७९ १३:२० | Wednesday, January 25, 2023
निफको छैटौँ संस्करण चैत २ देखि सुरु हुने

काठमाडौँ- ‘नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) २०२३’ को छैटौँ संस्करण आगामी चैत २ देखि ६ (मार्च १६-२0) सम्म आयोजना हुने भएको छ। यो निफको छैटौँ संस्करण हो।

सन् २०२१ पछि निर्माण गरिएको फिल्म समावेश गरिने महोत्सवमा आवेदनको अन्तिम मिति पुस १० सम्म थियो।

आवेदन परेकामध्ये ३५ देशका ९५ फिल्म छनोट भएका छन्। तिनले राष्ट्रिय र अन्तर्राष्ट्रिय फिचर, सर्ट, डकुमेन्ट्री, सर्ट एनिमेटेड विधामा प्रतिस्पर्धा गर्नेछन्।

नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले आयोजना गर्ने निफका फिल्म क्युएफएक्स सिनेमाजमा देखाइनेछन्।

प्रकाशित: ११ माघ २०७९ १३:२० | Wednesday, January 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast