रविले ‘माइक काट्ने सभामुख’ भनेकोमा देवराज घिमिरेको आपत्ति

हिमाल प्रेस १२ फागुन २०८२ १२:११ | Tuesday, February 24, 2026
20
SHARES
रविले ‘माइक काट्ने सभामुख’ भनेकोमा देवराज घिमिरेको आपत्ति सभामुख देवराज घिमिरे। फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले झापा २ मा मत माग्ने क्रममा आफूविरुद्ध घृणा फैलाउने शब्द प्रयोग गरेको भन्दै नेकपा एमालेका नेता देवराज घिमिरेले आपत्ति जनाएका छन्। घिमिरे यसपटक पनि झापा २ बाट एमाले उम्मेदवार छन्, जुन क्षेत्रमा रास्वपाबाट पूर्वउपसभामुख इन्दिरा राना उम्मेदवार छन्। रानालाई मत माग्नेक्रममा आज लामिछानेले ‘जनताको आवाज उठाउँदा माइक काट्ने सभामुख’ भन्ने अभिव्यक्ति दिएको घिमिरेलेले बताएका छन्।

‘जहाँसम्म संसदमा हरेक सदस्यले आफ्नो अभिव्यक्ति गर्ने अधिकार छ । तर, संसदीय अभ्यास अनुसार सबै वक्ताहरूको वक्तव्यलाई समान अवसर दिन र क्रमिक रूपमा छलफल सम्पन्न गर्न समय निर्धारण हुन्छ। माइक काट्ने/काटिने विषय सभामुखको व्यक्तिगत विचारले होइन, संसदमा पूर्वनिर्धारित समय र नियमावली अनुसार गरिएको हुन्छ।’

घिमिरेले भनेका छन्,‘संसदीय अभ्यासको सामान्य जानकारी हुनेले यति कुरा नबुझ्ने भन्ने हुँदैन । उहाँ संसदको अभ्यास गरेर आउनुभएको व्यक्ति हो। संसदको वेबसाइटमा गएर हेर्न सकिन्छ: मैलेमात्र होइन उपसभामुख वा सभाको चेयर गरिरहेका अन्य माननीय भएका बेलामा पनि माइक काटिएको छ। अझ बढी काटिएको हुनुपर्दछ।’ घिमिरेले आफू निर्वाचित भएपछि सांसद पदमा बहाल रहन सक्ने कानूनी आधारसमेत नभएको अवस्थामा कुन नैतिकताले मत मागिरहनुभएको छ?’ भनेर प्रश्न गरेका छन्। आफूमाथि प्रतिशोध भएको भन्दै जनतालाई भावनामा बहकाउँदै अरूविरूद्ध अफवाह, घृणा र लान्छाना नलाउन घिमिरेले अपिल गरेका छन्।

प्रकाशित: १२ फागुन २०८२ १२:११ | Tuesday, February 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast