साम्बाको उपचारका लागि कांग्रेसले गर्‍यो ५ लाख सहयोग

हिमाल प्रेस १२ फागुन २०८२ ११:२१ | Tuesday, February 24, 2026
10
SHARES
साम्बाको उपचारका लागि कांग्रेसले गर्‍यो ५ लाख सहयोग

काठमाडौँ- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि नेपाली कांग्रेसले ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

लामो समयदेखि घुँडाको चोट (एसीएल र एमसिएल) बाट पीडित भण्डारी हाल जटिल शल्यक्रियाको तयारीमा छिन्। उनको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले कांग्रेसले सो रकम अखिल नेपाल फुटबल संघ (एन्फा) को बैंक खातामा जम्मा गरेको हो।

कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले एन्फा अध्यक्षसँग टेलिफोन संवाद गरी पार्टीका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

सोही बमोजिम ग्लोबल आईएमई बैंकमा रहेको एन्फाको खातामा ५ लाख रुपैयाँ जम्मा गरिएको पार्टी कार्यालयले जनाएको छ।

प्रकाशित: १२ फागुन २०८२ ११:२१ | Tuesday, February 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast