भयरहित चुनाव गराउन कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण

हिमाल प्रेस १० फागुन २०८२ १९:३९ | Sunday, February 22, 2026
10
SHARES
भयरहित चुनाव गराउन कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण

काठमाडौँ– नेपाली कांग्रेसले भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएको छ।

आइतबार पार्टी कार्यालय सानेपमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता देवराज चालिसेले अझै पनि निर्वाचन बिथोल्ने प्रयास भइरहेको भन्दै भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएका हुन्।

उनले भयरहित र सदभावपूर्ण वातावरणमा निर्वाचन हुन नदिन सामाजिक सञ्जालदेखि विभिन्न माध्यम प्रयोग गरी कांग्रेस उम्मेदवारलाई अपमान र दुरुत्साहित बनाउने प्रयास भएको उल्लेख गरे।

कांग्रेस अनेक संघर्ष गरेर अहिलेको अवस्थासम्म आइपुगेकाले आफू पनि भयको राजनीति नगर्ने र अरूलाई पनि भय राजनीतिक गर्न नदिने उनले बताए। प्रवक्ता चालिसेले कुनै भ्रममा नपरी दृढ भएर चुनावी प्रचारप्रसारमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह समेत गरे।

जनता जनताबीचको सद्भाव र धार्मिक सहिष्णुतामा असर पुर्‍याउने काम कहीँ कतैबाट हुनु उचित नभएको भन्दै उनले अरू पार्टीको झण्डा जलाउने काम समेत निन्दनीय भएको धारणा राखे। उनले निर्वाचन नजिकिँदै जाँदा कांग्रेसप्रति आकर्षण बढ्दै गएकाले घर छाडेर गएकाहरूलाई घर फर्कन आह्वान समेत गरे।

प्रकाशित: १० फागुन २०८२ १९:३९ | Sunday, February 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast