सेयर बजार : २७ अंकले घट्यो

हिमाल प्रेस १० फागुन २०८२ १५:५७ | Sunday, February 22, 2026
18
SHARES
सेयर बजार : २७ अंकले घट्यो

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट देखिएको छ। आज (आइतबार) नेप्से परिसूचक २७ दशमलव ५९ अंकले घटेर दुई हजार ६१४ दशमलव ५५ को बिन्दुमा कायम भएको छ। यो एक दशमलव शून्य चार प्रतिशतको गिरावट हो।

३२४ कम्पनीको एक करोड ५९ लाख ८९ हजार ४३० कित्ता सेयर ७२ हजार १०४ पटक खरिदबिक्री हुँदा ६ अर्ब ६९ करोड ९७ लाख २१ हजार २०४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। सबै समूहको उपसूचक आइतबार रातो देखिएको छ।

बैंकिङ शून्य दशमलव ५२, विकास बैंक एक दशमलव ४१, वित्त शून्य दशमलव ५६, होटल तथा पर्यटन एक दशमलव शून्य ९, जलविद्युत् एक दशमलव ८१, लगानी शून्य दशमलव ९४ र जीवन बिमा शून्य दशमलव ७३ प्रतिशतले घटेको छ।

त्यस्तै, उत्पादन तथा प्रशोधन समूह एक दशमलव शून्य दुई, लघुवित्त शून्य दशमलव ४८, म्युचुअल फण्ड शून्य दशमलव २२, निर्जीवन बिमा शून्य दशमलव ४२, व्यापार तीन दशमलव ५९ र अन्य समूह शून्य दशमलव ८५ प्रतिशतले घटेको छ। सलपा विकास बैंक लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ।

सबैभन्दा बढी वुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य आठ दशमलव ९२ प्रतिशतले घटेको छ। कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा आज सबैभन्दा बढी आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको रू ६३ करोड ४२ लाख ४० हजार १०१ बराबरको १७ लाख ८२ हजार ९०३ कित्ता सेयर किनबेच भएको छ।

प्रकाशित: १० फागुन २०८२ १५:५७ | Sunday, February 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast