काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की केन्द्रीय सदस्य मनिषा अधिकारी नेकपा एमाले फर्किएकी छन्। उनी शुक्रबार बेलुका एमाले अध्यक्ष केपी शर्मा ओली निवास भक्तपुरको गुन्डु पुगेर एमाले फर्किएकी हुन्।
उनी नेकपा एकीकृत समाजवादीकी नेत्रृ थिइन्। समाजवादी नेकपा माओवादी केन्द्रसँग मिसिएपछि पनि उनी संयुक्त पार्टीको केन्द्रीय सदस्य बनिन्। तर उनी अहिले भने एमालेमै फर्किएकी छन्। आफू अब एमालेमै फर्किएको अधिकारीले हिमाल प्रेसलाई जानकारी दिइन्। अधिकारीको गृहजिल्ला इलाम हो। कुनैबेला उनी पूर्वप्रधानमन्त्री झलनाथ खनाल निकट मानिन्थिइन्। तर अहिले भने खनाल नेकपामै रहे पनि उनी एमाले फर्किइन्।
पछिल्लो समय उनी अर्की युवा नेत्रृ रामकुमारी झाँक्रीसँग सुमधुर सम्बन्ध रहेको निकट नेताहरू बताउँछन्। झाँक्री एमाले फर्किएसँगै अधिकारी पनि मूलधार फर्किने प्रयत्नमा लागेको भनाइ छ। शुक्रबार अधिकारी गुण्डु पनि झाँक्रीसँगै पुगेकी थिइन्।





