सुशासनका लागि कांग्रेस प्रवेश गरेँ : ममता शर्मा

हिमाल प्रेस ६ फागुन २०८२ १७:०६ | Wednesday, February 18, 2026
6
SHARES
सुशासनका लागि कांग्रेस प्रवेश गरेँ : ममता शर्मा

जनकपुरधाम- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्मा नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्। जनकपुरधामको तिरुहुतियागाछीमा आयोजित कांग्रेसको प्रतिज्ञा सभामा उनलाई पार्टी केन्द्रीय सभापति गगनकुमार थापाले कांग्रेसमा स्वागत गरे।

पार्टी प्रवेश गरेसँगै उनले रास्वपामा दागैदाग भएकाहरूको बिगबिगी रहेकाले कांग्रेसमा प्रवेश गरेको बताइन्। उनले प्रतिज्ञा सभामा बोल्दै उनले भनिन्,‘रास्वपा पार्टीमा दागैदाग भएकाले टिकट पाएपछि आफूले गरेको योगदान खेर गएकोले मैले उक्त पार्टी परित्याग गरी जेनजीको भावना बोक्ने र सुशासनको काममा जोड दिने पार्टी नेपाली कांग्रेसमा प्रवेश गरेकी हुँ।’

उनले कांग्रेस ८० वर्षको विरासत बोकेको मात्रै नभइ मधेशको आवाजलाई पहिलो प्राथमिकतामा राखेर वर्तमान सभापति नै मधेश आएर उम्मेदवारी दिएकाले सबैले जनताले साथ दिनुपर्ने बताइन्।

उनले हरेक पटकको चुनावमा ले नेताहरूलाई भोट दिएको तर नेताहरूले मधेशलाई चोटैचोट दिएको हुनाले यसपटक बदलिएको कांग्रेसलाई भोट दिन पनि अपिल गरिन्।

मैथिली भाषामा बोल्दै उनले भनिन्,‘सब दाइब मधेशसक जनतासब भोट नेतासबके देने है। मगर सब दिनसे नेतासब मधेशक जनताके लुइट रहल है। यहाँ सब यी दाइब मधेशमे निक उम्मेदवार छानू,कांग्रेसके उम्मेदवारके पहचानू।’

शर्माले अहिलेको गगन नेतृत्वको कांग्रस नयाँ रास्वपा भएको तर वैकल्पिक भनिएका रास्वपा भने पुरानो कांग्रेसको शैलीमा गएको टिप्पणी गरिन्। उनले भनिन्,‘अहिले कांग्रेस गगन दाइको नेतृत्वमा बदलिएर नयाँ रास्वपा जस्तो बनेको छ। तर आफूलाई वैकल्पिक भनिएका रास्वपाका नेताहरू दागैदाग भएका,आर्थिक चलखेलमा मुछिएका,मुद्दैमुद्दामा लागेका छन्। सब पुराना कांग्रेस जस्ता छन्।’

प्रकाशित: ६ फागुन २०८२ १७:०६ | Wednesday, February 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast