चुनावलाई बदला र गाली बेइज्जती भन्दा पनि एउटा स्वच्छ प्रतिस्पर्धाको रुपले हेरिनुपर्छ : मनोज गजुरेल

हिमाल प्रेस ५ फागुन २०८२ १८:१६ | Tuesday, February 17, 2026
10
SHARES
चुनावलाई बदला र गाली बेइज्जती भन्दा पनि एउटा स्वच्छ प्रतिस्पर्धाको रुपले हेरिनुपर्छ : मनोज गजुरेल

काठमाडौँ- हास्य कलाकार मनोज गजुरेलले चुनावलाई एउटा स्वच्छ प्रतिस्पर्धाको रुपले हेर्न आग्रह गरेका छन्।

निर्वाचन आयोगले मंगलबार आयोजना गरेको निर्वाचन प्रचार प्रसारका लागि सामाजिक सञ्जालका संघसंस्थाबीच गरेकाे छलफल कार्यक्रमपछि पत्रकारहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।

सामाजिक सञ्जालमा एकै स्थानका दुई उम्मेदवारबीच हिंसात्मक खालका अभिव्यक्ति धेरै देखिएको भन्दै उनले यसलाई चुनावी प्रतिस्पर्धाको रुपमा मात्र लिनुपर्ने धारणा राखेका छन्।

‘हामीले चुनावलाई चुनावकै रुपमा लिनुपर्छ। सामाजिक सञ्जालमा अहिले उम्मेदवार उम्मेदवारबीच स्वच्छ प्रतिस्पर्धा भन्दा पनि गालीगलौैज, आक्रमकता र अलि हिंसात्मक खालका अभिव्यक्ति धेरै देखिएको छ,’ उनले भने।

यसपटकको निर्वाचन विषम परिस्थितिमा हुन लागेको बताउँदै उनले यसलाई शान्तिपूर्ण बनाउनका लागि उम्मेदवारहरूलाई पहल पनि गरेका छन्।

कलाकारको हैसियलतले आफूले नयाँ पुराना सबै दललाई समान समर्थन गर्ने उनको भनाई थियो।

प्रकाशित: ५ फागुन २०८२ १८:१६ | Tuesday, February 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast