टी २० विश्वकपबाट बाहिरियो अस्ट्रेलिया

हिमाल प्रेस ५ फागुन २०८२ १७:५३ | Tuesday, February 17, 2026
6
SHARES
टी २० विश्वकपबाट बाहिरियो अस्ट्रेलिया

काठमाडौँ- अस्ट्रेलिया टी २० विश्वकपबाट बाहिरिएको छ। बंगलादेश र आयरल्यान्डबीचको खेल रद्द भएर जिम्बावेले एक अंक बटुलेपछि अस्ट्रेलियाको एक खेलअगावै अन्तिम आठमा पुग्ने सपना चकनाचुर भएको हो। अस्ट्रेलिया सन् २०२१ को विश्वकप विजेता हो।

समूह बीबाट श्रीलंका र जिम्बावे अन्तिम आठमा पुगेका हुन्। समूह सीबाट वेस्ट इन्डिज र इंग्ल्यान्ड, समूह डीबाट दक्षिण अफ्रिका र न्युजिल्यान्ड अन्तिम आठमा पर्न सफल भएका छन्। समूह एबाट भारत अन्तिम आठमा परे पनि अर्को टोलीको भने टुंगो लाग्न बाँकी छ।

उक्त समूहमा पाकिस्तान, अमेरिका, निदरल्यान्ड्स र नामिबिया छन्। यीमध्ये पाकिस्तान र अमेरिकामध्ये एउटा पुग्नेछ। भारतले तीनमा तीनै खेल जितेको छ भने पाकिस्तानले तीनमा दुई खेल जितेको छ।

प्रकाशित: ५ फागुन २०८२ १७:५३ | Tuesday, February 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast